फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्षकी श्रीमती फङद्वारा श्रीलंकाली विद्यार्थीलाई जवाफी चिठी

(GMT+08:00) 2020-03-03 20:46:12
मार्च २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ ली युआनले श्रीलंकाको एक जना छात्रालाई जवाफ चिठी लेखेर पठाउनुभएको छ जुन चिठीमा श्रीमती फङले ती विद्यार्थीबाट कोरोना भाइरस विरूद्ध चीनको कार्यलाई दिएको समर्थन तथा मायाप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। ती विद्यार्थीलाई आगामी चीन तथा श्रीलंकाबीचको मैत्रीपूर्ण सम्बन्धमा योगदान गर्न पनि उहाँले प्रोत्साहन गर्नुभएको जनाइएको छ।

फङ ली युआनले चीन र श्रीलंकाबीचको मैत्रीपूर्ण सम्बन्ध ऐतिहासिक भएको बताउँदै विद्यार्थीहरू मैत्रीपूर्ण सम्बन्धका भविष्य भएको कुरा व्यक्त गर्नुभयो। श्रीलंकाका विद्यार्थीहरूले राम्ररी पढेर आफ्नो प्रयास मार्फत् आगामी चीन र श्रीलंकाबीचको मैत्रीपूर्ण सम्बन्धका दूत बन्नसक्ने आशा पनि उहाँले लिनुभयो।

जानकारी तथा लेखहरु