फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पछिल्लो डेढ महिनामा ४३ लाख १७ हजार थान मास्क निर्यात

(GMT+08:00) 2020-03-04 17:23:07
पछिल्लो डेढ महिनामा ४३ लाख १७ हजार थान मास्क निर्यात भएको छ । यो माघ ५ देखि फागुन १९ सम्म चीन र हङकङतर्फ निर्यात गरिएको परिमाण रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ । माघ ५ देखि २० गतेसम्म ७ लाख ५९ हजार थान मास्क निर्यात भएको थियो। माघ २० देखि फागुन १९ गतेसम्म भने ३५ लाख ५८ हजार थान मास्क निर्यात भएको विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अधिकारीले बताउनुभयो।

कान्तिपुर अनलाइनका अनुसार बजारमा अहिले कारोना भाइरसको संक्रमणबाट बच्न 'एयर फिल्टर मास्क' को माग बढी छ । डेढ महिनादेखि बजारमा भाइरस फिल्टर गर्ने 'एन–९५' मास्कको अभाव भएको सर्जिकल व्यवसायी बताउँछन् । तर दुई सातायता पेपर (डिस्पोजेबल) मास्कको समेत अभाव देखिन थालेको छ । नेपालमा तीन उद्योगले मास्क उत्पादन गरिरहेका छन् । बनेपाको साँगामा सञ्चातिल साँगा क्लिन सिटी उद्योगले दैनिक ५ हजारदेखि १० हजार थानसम्म नर्मल मास्क उत्पादन गर्छ । काठमाडौंको बौद्धस्थित उद्योगले दैनिक तीन हजार थान नर्मल मास्क उत्पादन गर्छ । बुटवलमा रहेको उद्योगले कपडाको कटन मास्क उत्पादन गर्छ । यी उद्योगको दैनिक क्षमता साढे १३ हजार थानसम्म मास्क उत्पादन छ । अहिले आफ्नो उद्योगबाट दैनिक ५ देखि १० हजार थान नर्मल मास्क उत्पादन भइरहेको साँगास्थित उद्योगका सञ्चालक शुकदेव जोशीले बताउनुभयो। मागअनुसार नेपाल सरकारलाई एक लाख थान र स्वास्थ्य विभागलाई २५ हजार थान मास्क बिक्री गरिएको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु