फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी प्रेस स्वतन्त्रताको कदम कपटपूर्ण र प्रभुत्ववादी

(GMT+08:00) 2020-03-04 17:26:14

मार्चको २ तारिख अमेरिकाको राज्य परिषदले अमेरिकास्थित ५ वटा चिनियाँ प्रेस संस्थाका चिनियाँ कर्मचारीको संख्या नियन्त्रण गर्ने घोषणा गरेको जनाइएको छ। अमेरिकाले चिनियाँ प्रेसलाई दबाव दिएको यो पहिलो पटक होइन। दवावको कुनै कारण नभएको अवस्थामा प्रेस स्वतन्त्रताको संरक्षण गर्नका लागि भन्दै अमेरिकाले चिनियाँ प्रेसमाथि समस्या थोपर्नुमा राजनैतिक दवाव तथा प्रेसमा प्रभुत्ववादी सोच देखिन्छ।

अमेरिकाले बराबर सिद्धान्त अनुसार उक्त कदम लागू गर्ने जवाफ दिएको थियो। तर वास्तविक परिस्थिति यस्तो हो। चीनले कहिलै पनि चीनस्थित अमेरिकी प्रेस वा कर्मचारीको संख्यामाथि नियन्त्रण गरेको छैन। हाल चीनमा २९ वटा अमेरिकी प्रेस संस्था रहेका छन् भने अमेरिकामा ९ वटा मात्रै चिनियाँ प्रेस संस्था रहेका छन्। यस बाहेक अमेरिकी पत्रकार चीनभित्र पटक पटक प्रवेश गर्न सक्छन् तर चिनियाँ पत्रकार एकपटकमा मात्रै अमेरिका प्रवेश गर्नसक्छन्। यसबाट हेर्दा अमेरिकाको बराबरको सिद्धान्त कहाँ देखिन्छ ?

अमेरिकास्थित चिनियाँ प्रेसहरूले दीर्घकालीनरूपमा अमेरिकाको कानून र प्रेसको व्यावसायिक नैतिकतालाई सम्मान तथा पालना गरिरहेका छन्। चिनियाँ प्रेसले चिनियाँ र अमेरिकी जनताबीचको आदान-प्रदानलाई घनिष्ट बनाएको साथै अमेरिका समाजको अनुमोदन हासिल गरेको देखिन्छ।

अमेरिकाले यस पटक चिनियाँ प्रेसमाथि दबाव दिएको कुराबाट अमेरिकी "शीत युद्धको विचारधारा" देखिन्छ।

जानकारी तथा लेखहरु