फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वुहानका ९० लाख वासिन्दाको लागि खाद्यान्न प्रत्याभूति कस्ले गर्ने?

(GMT+08:00) 2020-03-04 17:27:44
चीनमा एनसीपी रोग देखा परेपछि आपतकालीन आपूर्तिको दृष्टिबाट हेर्दा चिकित्सा सामग्रीका साथै दैनिक जीवनका अत्यावश्यक मालसामान पनि उपलब्ध हुनु जरूरी छ।

वुहान प्रकोपग्रस्त सबैभन्दा गम्भीर क्षेत्र हो। भाइरस अझै फैलिन नदिनका लागि गत जनवरी २३ तारिखदेखि ९० लाख वासिन्दा रहेको वुहानले आफ्नो शहरको सीमा बन्द गर्ने घोषणा गरेको थियो। कडा र गम्भीर प्रतिरोधात्मक कदम चालिएको १ महिनाभन्दा लामो अवधिमा वुहानका वासिन्दाको खानेकुराको प्रत्याभूति कसरी भइरहेको छ र?

राज्य परिषद्को संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाद्वारा गत फेब्रुअरी २६ तारिख आयोजित पत्रकार सम्मेलनमा वाणिज्य मन्त्रालय अन्तर्गत व्यापारिक सेवा विभागका प्रमुख स्येन को यीले १ लाख ३० हजार भन्ने तथ्याङ्कबारे चर्चा गर्नुभएको थियो। त्यो वुहान शहर गत २५ तारिखका दिनमै इन्टरनेटमार्फत् बिक्री गरिएको खानेकुराको मात्रा नै हो।

इन्टरनेटमार्फत खानेकुरा बुकिङ बाहेक आफैंले आफ्नो घरमा पकाउनु नै अर्को मुख्य विषय रहेको छ। गत फेब्रुअरी १२ तारिखसम्म जम्मा १६ वटा कृषि पेशागत सहकार्य एजेन्सीले १ सय ८० भन्दा बढी आवास क्षेत्रसँग प्रत्यक्ष सम्पर्क स्थापना गरिसकेका छन्। ती सहकार्य एजेन्सीले विशेषत: सम्बन्धित आवास क्षेत्रतर्फ मासु, अण्डा र सागसब्जीको आपूर्ति गर्ने गरेका छन्।

गत जनवरी २३ तारिख चीनको वाणिज्य मन्त्रालयले शान्तुङ र आन्ह्वै लगायतका ८ वटा प्रान्त र शहर तथा हुपै प्रान्तबीच संयुक्त संरक्षण र आपूर्ति सम्बन्धी साझेदारी व्यवस्थाको स्थापना गरेका छन्। गत फेब्रुअरी १९ तारिखसम्म ती ८ वटा प्रान्त र शहरले अघिपछि गरी हुपैतर्फ २१ हजार टन सागसब्जी र फलफुल ढुवानी गरिसकेका छन्।

यसका अतिरिक्त, अझ धेरै मानिसहरूले वुहानका ९० लाख वासिन्दाको खानेकुराको प्रत्याभूति दिनका लागि व्यस्तताका साथ प्रयास गरिरहेका छन्। उनीहरूले वुहानवासीहरूको टेबुलमा रहेका मासु, अण्डा र सागको प्रत्याभूति दिनुका साथै वुहानवासीको भावनालाई पनि शान्त पारेका छन्।

जानकारी तथा लेखहरु