फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी भूमध्य सागरीय क्षेत्रको उच्च ख्याल-विचार गर्नुपर्ने डब्लूएचओको ठहर

(GMT+08:00) 2020-03-04 19:07:53

विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.)ले ३ तारिख सार्वजनिक गरेको एनसीपी सम्बन्धी पछिल्लो तथ्याङ्क अनुसार, यूरोपेली मध्य भागको समय अनुसार ३ तारिख बिहान १० बजेसम्म चीन बाहिर जम्मा ७२ वटा मुलुकमा एनसीपी संक्रमितको कूल संख्या १० हजार ५ सय ६६ जना पुगेको छ भने मृत्युको संख्या १ सय ६६ रहेको छ।

अस्तिको तुलनामा चीन बाहिर नयाँ थपिएको एनसीपी संक्रमितको संख्या १ हजार ९२ रहेको छ भने थप ३८ जनाको मृत्यु भएको छ।

डब्लुएचओले पूर्वी भूमध्य सागरीय क्षेत्रमा संक्रमितको संख्या बढ्दै आएको अवस्थाको उच्च ख्याल-विचार गर्नुपर्ने कुरा औंल्याएको छ।

डब्लुएचओका महा प्रबन्धक टेड्रोस अदहानोम घेब्रेयेसुसले हिजै आयोजित पत्रकार सम्मेलनमा चिकित्सा सम्बन्धी प्रतिरोधात्मक सामग्रीको आपूर्ति मात्रालाई बढाउन विभिन्न मुलुकका सरकार र सम्बद्ध उद्योग-व्यवसायलाई आह्वान गर्नुभएको छ।

जानकारी तथा लेखहरु