फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले खुलस्त र जिम्मेवारीपूर्वक रोग निवारण सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत पार्ने

(GMT+08:00) 2020-03-04 19:08:37
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ च चेनले ४ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले सधैं नै एनसीपी रोग विकास हुने अवस्थाको ख्याल-विचार गर्नुका साथै मानव जाति भाग्य समुदायको एकरुपता भन्ने विचारधारालाई कायम राख्दै खुलस्त र जिम्मेवारपूर्ण धारणा लिएर रोग निवारण सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत पार्दै जाने कुरा बताउनुभएको छ।

प्राप्त जानकारी अनुसार, हाल विश्वमा एनसीपी संक्रमितको संख्या लगातार रुपमा बढ्दै गएकाले केही मुलुकका सामु रोग निवारण र नियन्त्रण गर्ने निकै ठूलो दबाव आइपरेको देखिन्छ। प्रवक्ता चाउका अनुसार, ३ तारिख दिउँसो चीनको परराष्ट्र मन्त्रालय र राष्ट्रिय स्वास्थ्य परिषद्ले अजरबैजान, बेलारुस, जर्जिया, मोल्डोभा, आर्मेनिया, तुर्कमेनिस्तान र शाङ्गहाई सहयोग संगठनको सचिवालयमा कार्यरत् एनसीपी सम्बन्धी विशेषज्ञहरूसित भिडियो आदान-प्रदान गोष्ठीको आयोजना गरेका छन्।

सँगै मिलेर सूचनाको भाइरस र राजनीतिक भाइरसको विरोध गर्ने कुरा पनि प्रवक्ता चाउले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु