फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९ महामारीको सामना गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा ५० अर्ब अमेरिकी डलर सहयोग

(GMT+08:00) 2020-03-05 11:20:27

अन्तर्राष्ट्रिय मुद्रा कोषका अध्यक्ष कृष्टलिना जेऔर्जियभाले ४ तारिख वाशिङटनमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै कोभिड १९ महामारीको सामना गर्न सदस्य मुलुकलाई ५० अर्ब अमेरिकी डलरको सहयोग गर्ने घोषणा गर्नुभएको छ।

उहाँका अनुसार, आवश्यक पूँजी जुटाउने तरिकाको माध्यमबाट उक्त रकम कम आय भएका देश र नयाँ उदियमान आर्थिक समूहलाई दिइने छ। त्यस मध्ये लगभग दश अर्ब डलर ब्याजरहित ऋणको रूपमा अतिकम विकसित देशलाई दिइने छ।

यद्यपि चीनमा महामारीको अवस्थामा व्यापक सुधार भइरहेको छ। साथै व्यवसाय तथा कारखानामा उत्पादन पुनःसुरू भए तापनि चीनबाहेकका क्षेत्रमा महामारीको प्रसारले अनिश्चिततालाई बढाएको छ। हाल अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका एक तिहाई सदस्य मुलुकहरूमा कोभिड संक्रमित विरामी छन्। वर्तमान अवस्थाबाट हेर्दा सन् २०२० को विश्वको आर्थिक वृद्धि अपेक्षा सन् २०१९ भन्दा कम हुने देखिन्छ।

जानकारी तथा लेखहरु