फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व स्वास्थ्य संगठन: चीन बाहिर निश्चित गरिएको संक्रमितको संख्या १२ हजार ६ सय ६८

(GMT+08:00) 2020-03-05 16:52:08

विश्व स्वास्थ्य संगठनले ४ तारिख सार्वजनिक गरेको एनसीपी सम्बन्धी पछिल्लो तथ्याङ्क अनुसार, मध्य यूरोपेली समय अनुसार ४ तारिख बिहान १० बजेसम्म चीन बाहिर जम्मा ७६ वटा मुलुकमा निश्चित गरिएको एनसीपी संक्रमितको संख्या १२ हजार ६ सय ६८ रहेको छ भने २ सय १४ जनाको मृत्यु भएको छ। गत ३ तारिखको तुलनामा चीन बाहिर २ हजार १ सय ३ जना संक्रमित नयाँ थपिएको छ भने ४८ जनाको मृत्यु संख्या थपिएको छ। अर्जेन्टिना, चिली, पोल्याण्ड र युक्रेन यी ४ वटा मुलुकमा पहिलो पल्ट संक्रमितहरू निश्चित गरिएको छ।

एपीले जनाए अनुसार, ४ तारिखसम्म इरानमा निश्चित गरिएको संक्रमितको संख्या २ हजार ९ सय २२ रहेको छ भने ९२ जनाको मृत्यु भएको छ। इरानीराष्ट्रपति हासान रुहानीले एनसीपी रोग मोटामोटी रुपमा इरानका सम्पूर्ण प्रान्तमा फैलावट गरिएको जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु