फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी रोकथामको अनुभवबाट अन्तर्राष्ट्रिय समाजमा शक्ति थपिने

(GMT+08:00) 2020-03-05 17:09:40
मार्च ३ तारिख विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घ्रेब्रेयससले पत्रकार सम्मेलनको आयोजना गरी जनाएअनुसार हाल विश्वभरी कोभिड-१९ बाट संक्रमित संख्या ९० हजार ८ सय ९३ पुगेको छ र मृत्यु भएकाको संख्या ३ हजार १ सय १० रहेको छ। गएको २४ घण्टासम्ममा चीनमा सो भाइरसबाट संक्रमित भएकाको संख्या १ सय २९ मात्र रहेको जुन जनवरी २० तारिख यताकै सबैभन्दा कम हो। चीन बाहेक विश्वका अरू ४८ मुलुकका जम्मा १ हजार ८ सय ४८ जना कोभिड-१९ बाट संक्रमित भएको जानकारी उहाँले दिनुभयो।

चीनले कोभिड-१९ नामक महामारीको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धी विषय र सूचनाहरू अन्तर्राष्ट्रिय समाजलाई शेयर गरी प्रस्ताव पनि गरेको छ। यसैले सो महामारीबाट प्रभावित अरू मुलुकहरूले रोकथामको समय तथा मौका पाएका छन्। साथै चीनको अनुभवले अन्तर्राष्ट्रिय समाजलाई कोभिड-१९ को प्रतिरोध गर्ने कार्यमा विश्वास तथा शक्ति थपेको देखिन्छ।

जानकारी तथा लेखहरु