फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मार्च ४ तारिख चीनको मुख्य भूमिमा नयाँ थपिएको एनसीपी संक्रमितको संख्या १ सय ३९ जना

(GMT+08:00) 2020-03-05 18:58:06

चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले जनाएअनुसार, मार्च ४ तारिख सबेरै ० बजेदेखि मध्यरात १२ बजेसम्म चीनको मुख्य भूमिमा नयाँ थपिएका एनसीपी संक्रमितको संख्या १ सय ३९ जना रहेको छ। नयाँ मृतकको संख्या ३१ जना रहेको छ भने १ सय ४३ जना शंकास्पद छन्। यसबाहेक, जम्मा २ हजार १ सय ८९ जना निको भएर डिस्चार्ज भएका छन्।

मार्च ४ तारिख मध्यरात १२ बजेसम्म चीनको मुख्य भूमिमा निश्चित एनसीपी संक्रमितको कूल संख्या ८० हजार ४ सय ०९ जना रहेको छ भने अझ ५ सय २२ जना शंकास्पद रहेका छन्। जम्मा ५२ हजार ४५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने जम्मा ३ हजार १२ जनाले ज्यान गुमाएका छन्। हालसम्म चिकित्सा पर्यवेक्षणमा रहेका घनिष्ट सम्पर्क व्यक्तिको कूल संख्या ३२ हजार ८ सय ७० रहेको छ।

यसका अतिरिक्त चीनको हङ्गकङ्ग, मकाउ र थाइवान क्षेत्रमा प्राप्त गरिएको निश्चित संक्रमितको कूल संख्या १ सय ५६ जना रहेको छ।

जानकारी तथा लेखहरु