फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एनसीपी विश्वभर फैलिंदै आएकोले प्रतिरोध गर्नु सबैभन्दा आवश्यक कुरा

(GMT+08:00) 2020-03-05 18:59:52
एनसीपी रोग लगातार रुपमा विश्वभर फैलिंदै आएको देखिन्छ। चीन बाहिर संक्रमितको संख्या द्रूत गतिले बढ्नुका साथै केही मुलुकमा देखा परेका संक्रमणको उद्गम अज्ञात रहेकोबाट मानिसमाझ अझ ठूलो चिन्ता जगाइएको छ। जस्तै: अमेरिकामा देखा परेको संक्रमणको तरिका अज्ञात रहेका ४ जना संक्रमितको रोग पीडित क्षेत्रको अवलोकन गरेको इतिहास छैन। उनीहरूले निश्चित गरिएका संक्रमितसँग सम्पर्क नराख्नुका साथै निकै टाढा बसेका थिए।

नयाँ भाइरस कहाँबाट उत्पन्न भएको छ? त्यो सारा विश्वका वैज्ञानिक अनुसन्धाताहरू सामु देखा परेको साझा कठिनाई बनेको छ। गत फेब्रुअरी ११ तारिख विश्व स्वास्थ्य संगठनले जेनेभामा विश्वव्यापी सम्मेलनको आयोजना गरेको थियो। त्यस सम्मेलनमा विश्वका अधिकांश प्रसिद्ध वैज्ञानिक, सार्वजनिक स्वास्थ्य संस्थाका मुख्य पदाधिकारीहरूले एनसीपी भाइरसको उद्गमबारे विचार-विमर्श गरेका थिए। तर त्यस सम्मेलनमा कुनै पनि निष्कर्ष निकालिएको थिएन।

यस्तो खतरनाक भाइरसको सामना गर्दा सबै मुलुकहरूले भेदभावलाई पन्छाएर सँगै मिलेर संयुक्त प्रयासमार्फत साझा चुनौतीको सामना गर्नुपर्छ।

जानकारी तथा लेखहरु