फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनलाई माफी मगाउने माग अतिशयपूर्ण र विवेकहीन

(GMT+08:00) 2020-03-05 20:38:34
हाल विश्व स्वास्थ्य संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेयेसुसले सारा विश्वले एनसीपी रोगको प्रतिरोध गर्ने प्रक्रियामा देखा परेको बद्नामीको अवस्थाप्रति निकै दु:ख व्यक्त गर्नुभएको छ।

सबैभन्दा पहिला रोग पत्ता लागेको मुलुकको हैसियतले चीनलाई बदनाम गर्न खोजिएको अवस्था सबैभन्दा टड्कारो देखिन्छ। केही पश्चिमा सञ्चार माध्यमले कुनै पनि तथ्यहीन कुरामा नयाँ भाइरसलाई "चिनियाँ भाइरस" भन्ठानेका छन् भने केही चीन विरुद्ध अमेरिकी राजनीतिज्ञले नयाँ कोरोना भाइरस वास्तवमा वुहानको प्रयोगशालाबाट चुहिएको जैविक र रासायनिक हतियार हो भन्ने झुठो कुरा फैलाएका छन्। अमेरिकी फक्स टेलिभिजन स्टेशनका एकजना सञ्चालकले हाल नयाँ कोरोना भाइरस चीनबाट उत्पन्न हुने निहुँ खोजेर औपचारिक क्षमायाचना गर्न चिनियाँ जनतालाई आग्रह गरेका छन्।

हालसम्म नयाँ कोरोना भाइरस कहाँबाट उत्पन्न भएको निष्कर्ष छैन। चीन अन्य रोग देखा परेका मुलुक जस्तै भाइरसको पीडित मुलुक पनि हो। चीनले सबैभन्दा पूर्ण, गम्भीर प्रतिरोध र नियन्त्रणका कदम चालेकाले भ्याएसम्म स्वदेशका जनताको प्राण र स्वास्थ्यको संरक्षण गर्नुका साथै सारा विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाको पनि सशक्त रुपमा पहल गर्दै आइरहेको छ।

जानकारी तथा लेखहरु