फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना विरूद्धको लडाइँमा चीनका राष्ट्राध्यक्ष सीको निर्देशन

(GMT+08:00) 2020-03-06 15:48:44

कोरोना भाइरस विरूद्धको लडाइँ चीनका जनताहरूले पूर्णरूपमा सहभागी भएर लड्नुपर्ने एउटा लडाईं मानिन्छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यो भाइरस रोक्ने लडाईंप्रति उचित निर्देशन दिनुभएको छ।

जनताको जीवन रक्षा तथा शारीरिक स्वास्थ्यलाई पहिलो स्थानमा राखेर राष्ट्राध्यक्ष सीले महामारीको रोकथामका काममा सधैं नै ध्यान दिनुका साथै भाइरस विरूद्ध र आर्थिक विकासको कार्यलाई धेरै पटक महत्वपूर्ण निर्देशन तथा सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका साथ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीका सम्पूर्ण सदस्यहरू, सबै चिनियाँ सैनिकहरू तथा पूरै जनताले सो महामारी विरूद्धको अभियानका लागि छिटो रूपमा हातमा हात मिलाएर प्राविधिक विज्ञानमार्फत रणनैतिक प्रणाली बनाएका छन।

सीको नेतृत्वमा महामारीको रोकथाम तथा आर्थिक विकास कार्यमा प्रगति हुँदैआएको छ। महामारी रोकथामको अवस्था, जनताको जीवन, औद्योगिक उत्पादन तथा समाजको प्रणाली पुनरूथान हुँदैआएको देखिन्छ।

जानकारी तथा लेखहरु