फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको उपभोग्य बजार सक्रिय

(GMT+08:00) 2020-03-06 17:40:18
चीनको वाणिज्य मन्त्रालयको बजार सञ्चालन विभागका उपप्रमुख वाङ पिनले मार्च ५ तारिख पैचिङमा हाल चीनको उपभोग्य बजार सक्रिय रूपमा सञ्चालित रहेको भन्दै बजारको बिक्री मात्रा वृद्धि हुँदैआएको बताउनुभएको छ।

चीनको वाणिज्य मन्त्रालयले निरीक्षण गरिरहेका १ हजार वटा खुद्रा उद्योग व्यवसायहरूको फेब्रुअरी मध्यदेखि दैनिक बिक्री रकम मात्रा त्यस अघिको तुलनामा ५.६% ले वृद्धि भएको देखिन्छ। गाडीको आवश्यकता वृद्धि दर ठूलो देखिन्छ भने गएको पटकको तथ्यांकको तुलनामा १४.८% वृद्धि भएको छ। सूचना प्रबन्धहरू तथा घरेलु उपकरणको वृद्धि दर बेग्ला बग्लै रूपमा ११.७% र ११.१% देखिन्छ।

वाङले जनाएअनुसार बजारको बिक्री रकम मात्रा वृद्धि हुनुका तीन वटा कारण छन्। पहिलो, चीनमा महामारीको रोकथाम कार्य प्रभावकारी भएको छ। दोस्रो, उद्योग व्यवसायहरूको काम तथा उत्पादन पुनरूत्थान हुँदैआएको छ। तेस्रो, महामारी अवधिमा बजारको उपभोगनिहित शक्ति बढ्दै गएको छ।

जानकारी तथा लेखहरु