फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वयंसेवक नै वुहान महामारीविरूद्ध मुख्य शक्ति

(GMT+08:00) 2020-03-06 17:41:13
कोभिड-१९ भाइरस प्रकोप देखापरेदेखि यता आत्म-रक्षाका लागि धेरैजसो चिनियाँहरू आफ्नो घरमा बसेर सकेसम्म बाहिर ननिस्किने उपाय गर्नुपर्छ। तर अर्को पक्षमा केही स्वयंसेवकहरूले पन्जा र मास्क लगाएर विभिन्न नागरिक क्षेत्र र अस्पतालहरूमा स्वयं सेवा दिइरहेका छन्।

वुहानस्थित लै शन शान नामक अस्पताल निर्माणको क्रममा व्यावसायिक मेकानिक स्वयंसेवक वै फङ् र वै छाउले आफ्नो निजी उत्खनन् गर्न मेशिन चलाएर स्वयंसेवा गर्नुभएको थियो। उहाँहरूको प्रयास मार्फत् वुहानको सो लै शन शान नामक अस्पतालको निर्माण कार्य छिटो पूरा भएको छ।

वाङ योङ एक जना एक्सप्रेस डेलिभरी कम्पनीको कर्मचारी हुन्। महामारी अवधिमा उहाँ र कम्पनीका अरू डेलिभरी कर्मचारीहरूले गाडी चढेर अस्पतालका चिकित्साकर्मीहरूका लागि परिवहन सेवा दिइरहेका छन्। यस बाहेक उनीहरूले दैनिक आवश्यक सामग्री किन्ने र खाना खानका लागि ती चिकित्साकर्मीहरूलाई सहयोग उपलब्ध गराउँदै आएका छन्। परिवारहरूको सुरक्षाका लागि वाङ योंङ र अरू कर्मचारीहरू कम्पनीकै भवनमा सुत्ने गर्छन्।

पहिला एक पटक स्वयंसेवक याङ चेले दुई दिन र एक रातको समयमा चिकित्सा सामानहरू गन्तव्यसम्म परिवहन गरेका थिए। उनी र अर्का एकजना साथी मिलेर पुरै रात नसुतिकनै १५ वटा चिकित्सा मेसिनहरू स्थापना गरेका थिए। महामारी अवधिमा उनीहरूले स्थापना तथा परिवहन गरेका चिकित्सा प्रबन्धहरूको संख्या हजार भन्दा बढी थियो।

स्वयंसेवक स्याउ लिनले अस्पतालका चिकित्साकर्मीहरूलाई परिवहन सेवा दिनुका साथै कोभिड- १९ बाट संक्रमित भएकाहरूलाई औषधी उपलब्ध गराएका छन्। उनले वुहानमा महामारी रोकथाममा सहभागी भएकाहरूको बारेमा छायांकन गरेका छन् र ती खिचिएका भिडियोमार्फत् एउटा बलियो र आशावान वुहान शहर देखाएका छन्।

हजारौं स्वयंसेवकहरूले आ-आफ्ना प्रयास गरी योगदान, माया र सहयोग भनेर स्वयंसेवी भावना देखाएका छन्। उनीहरूले आफूलाई वुहान शहरको आधारभूत प्रबन्ध जस्तै बनाएका छन्। प्रकोप देखापरेपछि यी शहरका बहादुरहरूले आफ्नो प्रयासमा शहरको स्थिरता र पुनरूत्थानका लागि ठूलो योगदान गरेका छन्।

जानकारी तथा लेखहरु