फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व स्वास्थ्य संगठन: चीन बाहिर निश्चित संक्रमितको संख्या १४ हजारभन्दा बढी

(GMT+08:00) 2020-03-06 17:41:54
विश्व स्वास्थ्य संगठनले ५ तारिख सार्वजनिक गरेको एनसीपी सम्बन्धी पछिल्लो तथ्याङ्क अनुसार, मध्य यूरोपेली समय अनुसार ५ तारिख बिहान १० बजेसम्म चीन बाहिर जम्मा ८५ वटा मुलुकमा निश्चित गरिएको एनसीपी संक्रमितको संख्या १४ हजार ७ सय ६८ रहेको छ भने २ सय ६७ जनाको मृत्यु भएको छ। गत ४ तारिखको तुलनामा चीन बाहिर २ हजार ९८ जना संक्रमित नयाँ थपिएको छ। बोस्निया हर्जगोभिना, हंगेरी लगायतका पाँचवटा मुलुक र क्षेत्रमा पहिलो पल्ट संक्रमितहरू निश्चित गरिएको छ।

युरोपमा एनसीपी रोग अझ विस्तार हुँदै जाने प्रवृत्ति देखा परेको देखिन्छ। ३० वटाभन्दा बढी मुलुकमा संक्रमितहरू निश्चित गरिएको छ। पैचिङ समय अनुसार मार्च ५ तारिख राति साढे १० बजेसम्म यूरोपका विभिन्न मुलुकमा निश्चित गरिएको संक्रमितको संख्या ४ हजार ७ सयभन्दा बढी पुगेको छ। तीमध्ये इटलीमा निश्चित संक्रमितको संख्या ३ हजार २ सय ३ रहेको छ भने १ सय जनाभन्दा बढीको ज्यान गुमाएकाले यूरोपको सबैभन्दा गम्भीर रोगपिडीत क्षेत्र बनिसकेको छ।

इटलीबाहेक, जर्मनी, फ्रान्स, स्पेन र स्विडेन लगायत यूरोपेली संघका २० वटाभन्दा बढी सदस्य मुलुकमा पनि संक्रमितहरू निश्चित गरिएको छ।

जानकारी तथा लेखहरु