फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अर्थतन्त्र दीर्घ रुपमा राम्रो बन्दै जाने, आधारभूत अवस्था परिवर्तित नहुने

(GMT+08:00) 2020-03-06 19:07:51
एनसीपी रोगबाट चीनलाई ल्याइएको चुनौतीबारे चर्चा गर्दै आर्थिक सहयोग र विकास संगठन अन्तर्गत चीनको अर्थतन्त्र अनुन्धान कार्यालयका प्रमुख डा. मार्गिट मोल्नारले हाल चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिने क्रममा चीनको अर्थतन्त्र दीर्घकालीन रुपमा राम्रो बन्दै जाने तर आधारभूत अवस्था परिवर्तित नहुने कुरा औँल्याउनुभएको छ। चीनको आर्थिक वृद्धि हुने निहित शक्तिप्रति उहाँ पनि आशावादी हुनुहुन्छ।

एनसीपी रोग वसन्त चाडको अवधिमा देखा परेको कारण चीनका शृंखलावद्ध आर्थिक गतिविधि अस्थायी रुपमा रोकिएका थिए। तैपनि हाल हुपै प्रान्त बाहिरका अन्य प्रान्त र शहरहरूले आ-आफ्नो वास्तविक अवस्था बमोजिम विभिन्न स्तरमा क्रमश: काम, कारोबार र उत्पादनको पुन: आरम्भ गर्न थालेका छन्।

"अर्थतन्त्रको साना मगज" भनिने मझौला र ससाना व्यवसायहरूले रोजगारलाई स्थिर पार्ने र जनजीवनलाई प्रत्याभूति दिने क्रममा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। रोग प्रकोपको अवस्थामा भोगिरहेका मझौला र ससाना व्यवसाय र केही निजी उद्योग-व्यवसायलाई सहायता दिनका लागि चीन सरकारले बैकिङ, बित्त, कर र सामाजिक प्रत्याभूति सम्बन्धी अनेकन् सहुलियत नीति पनि प्रस्तुत गरेको छ। डा. मार्गिटले ती सहुलियत नीतिको पनि सकारात्मक मूल्याङ्कन गर्नुभएको छ।

जानकारी तथा लेखहरु