फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड-१९ रोकथामको अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन

(GMT+08:00) 2020-03-06 19:43:30

मार्च ६ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्यानले पैचिङमा बोल्दै चीनले स्वदेशी कोभिड-१९ रोकथाम गर्नुका साथै महामारी विरूद्ध अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्दैआएको बताउनुभएको छ। चीनले विभिन्न मुलुकहरूलाई सहयोग र समर्थनका लागि सकेसम्म प्रयास गर्ने कुरा पनि उहाँले बताउनुभयो।

चीन-विश्व स्वास्थ्य परिषद कोभिड-१९ संयुक्त विशेषज्ञ अनुसन्धान प्रतिनिधि मण्डलका प्रमुख ब्रुस आइलवार्डले केही दिनअघि चीनको महामारी प्रतिरोध कदम तथा प्रभावकारी कार्यको सक्रिय मूल्यांकन गर्नुभएको थियो। कोभिड-१९ विरूद्ध चीनले चालेका उपायहरू अरू मुलुकहरूले सिकेर प्रयोग गर्नसक्ने भन्दै चीनको अनुभव विश्वका लागि महत्वपूर्ण भएको पनि उहाँले व्यक्त गर्नुभयो।

प्रवक्ता चाउले जनाएअनुसार चीनले विश्व स्वास्थ्य परिषद, संयुक्त युरोपेली संघ, अक्रिकी संघ, कारिकम, आसियान समेतका विभिन्न संगठनहरू तथा दक्षिण कोरिया र ईरानसमेतका महामारी अति प्रभावित मुलुकहरूसँग मिलेर महामारी रोकथाम तथा नियन्त्रणका लागि प्राविधिक विज्ञान आदान-प्रदान प्रणाली निर्माण गरिसकेका छन्। सो प्रणालीमार्फत् सबै सहभागी भएकाहरूले सूचना शेयर गर्दै एकले अर्कालाई रोकथाम तथा चिकित्सा विज्ञान प्रविधिको समर्थन दिनसक्छन्।

जानकारी तथा लेखहरु