फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी निवारण तथा कठिनाईमाथि जीत सम्बन्धी गोष्ठीलाई राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन

(GMT+08:00) 2020-03-06 19:44:34
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले ६ तारिख दिउँसो पैचिङमा विपन्नताबाट मुक्ति तथा कठिनाईमाथि विजय विषयक गोष्ठीमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले सन् २०२० सम्म वर्तमान मापदण्ड बमोजिम गरिबीको रेखामुनि रहेका सम्पूर्ण जनता विपन्नताबाट मुक्त हुनु नै केन्द्रीय समितिले समस्त चिनियाँ जनतासमक्ष गरेको पवित्र र गम्भीर वचन-वद्धता रहेको कुरा औँल्याउनुभयो। "त्यसैले त्यो लक्ष्यलाई निर्धारित समय अनुसार साकार तुल्याउनुपर्छ" उहाँले भन्नुभयो: 'जुन एक किसिमको कठिन लडाईं पनि हो।'

राष्ट्राध्यक्ष सीका अनुसार, विभिन्न तहका सरकार र पार्टी समितिले आफ्नो वचन-वद्धता र अठोटलाई नबिर्सनुका साथै विश्वासलाई सुदृढ पारेर अथक प्रयासमार्फत विपन्नताबाट मुक्ति हुने र कठिनाईलाई जित्ने प्रक्रिया अघि बढाउनुपर्छ। यसका अतिरिक्त एनसीपी रोगको नकारात्मक असरलाई जितेर दृढताका साथ गरिबीबाट मुक्ति तथा कठिनाईलाई जित्ने लडाईंमा अन्तिम विजय प्राप्त गर्नुपर्ने आग्रह पनि उहाँले गर्नुभयो।

जानकारी तथा लेखहरु