फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विज्ञान र प्रविधिद्वारा एनसीपी रोग निवारण र नियन्त्रणका लागि चीनलाई सशक्त समर्थन

(GMT+08:00) 2020-03-07 16:39:38
मानव जातिले रोगसँग प्रतिस्पर्धा गर्दा सबैभन्दा सशक्त हतियार विज्ञान तथा प्रविधि नै हुन्, मानव जातिले विनाशकारी प्रकोप र रोगलाई पराजित गर्नका लागि वैज्ञानिक विकास र प्राविधिक सिर्जनशीलता पनि चाहिन्छ। जुन कुरा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च २ तारिख पैचिङमा एनसीपी रोग निवारण र नियन्त्रण सम्बन्धी वैज्ञानिक अनुसन्धान कार्यको निरीक्षण गर्दै औँल्याउनुभएको हो।

एनसीपी देखा परेयता समयसँग दौड्ने र रोगसँग प्रतिस्पर्धा गर्ने शृंखलावद्ध वैज्ञानिक अनुसन्धान कार्य तत्कालै चीनभरि चलिरहेका छन्। विभिन्न शास्त्र र क्षेत्रका चिनियाँ वैज्ञानिक अनुसन्धान समूहहरूले एकले अर्कासँग समन्वय गरी औषधोपचार, भ्याक्सिनको अनुसन्धान, जाँच गर्ने प्रविधि र उत्पादित वस्तु, रोग सम्बन्धी शास्त्र र सरुवा रोग सम्बन्धी शास्त्र तथा जनावरको मोडलको निर्माण यी ५ वटा विषयको अनुसन्धानलाई निश्चित पारेका छन्। करिब १ महिनाभन्दा लामो समयको अवधिमा त्यस अनुसन्धान कार्यले सकारात्मक प्रगति प्राप्त गर्दै रोग निवारण र नियन्त्रणका लागि विज्ञान र प्रविधिको सशक्त समर्थन गरेको छ।

चिनियाँ वैज्ञानिकहरूले मानव स्मार्ट र उच्चस्तरीय गणना तरिकामार्फत एक १ महिनाको समयमा भाइरसको डिएनएको परिपाटीलाई निश्चित पारी छिटोभन्दा छिटो विश्वसमक्ष जारी गर्दै समस्त विश्वसँग आफ्नो वैज्ञानिक अनुसन्धानको प्रतिफल उपभोग गराएका छन्। त्यसैले नयाँ निमोनिया रोग प्रतिरोधात्मक औषधी र भ्याक्सिनको अनुसन्धान कार्यलाई पनि अघि सारेको देखिन्छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा एनसीपी रोग निवारण र नियन्त्रण सम्बन्धी वैज्ञानिक अनुसन्धान कार्यको निरीक्षण गर्ने क्रममा भन्नुभए जस्तै "व्यवस्थाको श्रेष्ठताको सदुपयोग गर्दै विज्ञान र प्रविधि भन्ने सबैभन्दा सशक्त हतियारको राम्रोसँग प्रयोग गर्नुपर्छ।" उहाँले भन्नुभयो: 'एनसीपी भन्ने अभूतपूर्व ठूलो परीक्षामा अन्तिम विजय प्राप्त गर्नसक्ने भन्ने हामी विश्वस्त छौं।'

जानकारी तथा लेखहरु