फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हुपैका चिकित्सा प्रतिरोधात्मक सामग्रीको मागअनुसार आपूर्ति

(GMT+08:00) 2020-03-07 16:41:21

हाल हुपै प्रान्तका चिकित्सा प्रतिरोधात्मक सामग्रीको आपूर्ति पर्याप्त भएकाले माग पूर्ति हुनसकेको छ। साथै चिकित्सा उद्धार र उपचार प्रबन्ध पनि निकै पर्याप्त रहेको जानकारी रोग निवारण र नियन्त्रण कार्यलाई निर्देशन दिन चीन सरकारले हुपैतर्फ पठाएको केन्द्रीय निर्देशन टोलीका सदस्य एवम् उद्योग र सूचनाकरण मन्त्रालयका उपप्रमुख वाङ च्याङ फिङले ६ तारिख दिनुभएको हो।

उपप्रमुख वाङले हिजै वुहानमा आयोजित पत्रकार सम्मेलनमा कार्य, कारोबार र उत्पादनको पुन:आरम्भ गर्ने, उत्पादित क्षमता र स्तरलाई बढाउने तरिकामार्फत चीनको चिकित्सा सामग्रीको उत्पादन हुने क्षमतालाई तीव्र गतिले माथि उकासिंदै आएको बताउनुभयो।

उहाँका अनुसार, गत मार्च ५ तारिखसम्म उद्योग र सूचनाकरण मन्त्रालयले हुपै प्रान्ततर्फ ५३ लाखभन्दा बढी प्रतिरोधात्मक पोशाक र लगभग १ करोड एन-९५ मास्कको वितरण गरिसकेको छ। यसका अतिरिक्त विभिन्न तरिकामार्फत हुपै प्रान्ततर्फ पठाइएका ३८ प्रकारका चिकित्सा उद्धार र उपचार प्रबन्धको कूल संख्या ६५ हजार पुगेको छ।

जानकारी तथा लेखहरु