फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्वारा महामारी विरूद्धको लडाइँको उपेक्षा

(GMT+08:00) 2020-03-07 16:55:15
अमेरिकी जोन हपकिन्स विश्वविद्यालयको तथ्याङक अनुसार मार्च ६ तारिख बेलुकी ११ बजेसम्म अमेरिकामा कोरोना भाइरस संक्रमित भएकाको संख्या ३३० जना पुगेको भने मृतकको संख्या १४ पुगेको छ। साथै ८ जना निको भएको जनाइएको छ। तर त्यही समयमै अमेरिकी रोग नियन्त्रण केन्द्रको आधिकारिक वेबसाइटमा अमेरिकामा १६४ जना संक्रमित भएका साथै ११ जनाको ज्यान गएको सूचना देखिन्छ। सोही दिन एउटै समयमा अमेरिकी दुई वटा आधिकारिक संस्थाबाट सार्वजनिक संक्रमित भएकाको संख्याको तुलनामा १६६ अंकले फरक देखिन्छ।

केही अमेरिकीहरूले अमेरिकी रोग नियन्त्रण केन्द्रको तथ्याङकबाट स्वदेशी महामारीको वास्तविक अवस्थाबारे थाहा पाउन नसक्ने विषयबारे टिप्पणी गरेका छन्।

यसका अतिरिक्त अमेरिकाबाट महामारी रोकथामको काममा अरू समस्याहरू देखिन्छन्। मार्च ५ तारिख अमेरिकाका उपाराष्ट्रपति माइक पेन्सले हाल अमेरिकामा कोभिड-१९ संक्रमित परीक्षण गर्ने उपकरणको उपलब्ध शक्तिले संक्रमित वृद्धि हुँदैआएको अवस्थामा आवश्यकता पूर्ति गर्न सक्दैन।

अमेरिकी सरकारले महामारीको वास्तविक अवस्था जानी बुझी लुकाएको छ। अमेरिकी रोग नियन्त्रण केन्द्रले विश्व र अमेरिका समाज समेतका क्षेत्रमा कोभिड-१९ भाइरसको सम्भावित जोखिम कडा हुने भनेर सार्वजनिक गरेको छ। तर सो संस्थाको माथिल्लो व्यवस्थापन संस्था अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले कोभिड-१९ भाइरसबाट अमेरिकी जनता धेरै प्रभावित नहुने कुरा सार्वजनिक गरेको छ। पछि अमेरिकाका विभिन्न प्रेसहरूले सो फरक प्रस्तावहरूबारे छलफल गरेपछि सरकारको विश्वास समेत घटेको देखिन्छ।

अमेरिकामा महामारी रोकथाम गर्नका लागि दैनिक आत्म-रक्षाका चिकित्सा सामान पनि अपुग छन्। अमेरिकी आधिकारिक तथ्याङकअनुसार हाल अमेरिकाका पूरै अस्पतालका जम्म ३ करोड एन-९५ मास्कहरू रहेछन तर महामारी ठूलो परिमाणमा देखापरे कम्तीमा ३० करोड वटा एन-९५ मास्कहरू अमेरिकालाई चाहिन्छ।

यो वर्ष अमेरिकी चुनाव वर्ष हो। अमेरिकी राष्ट्रपतिको निर्वाचन लगायतका संसदका अरू ४३५ जना सदस्यहरूको निर्वाचन गरिनेछ। तर अहिले अमेरिकाका रिपब्लिकन पार्टी तथा डेमोक्रयाटिक पार्टीबीचको प्रतिस्पर्धा कडा हुँदैआएको देखिन्छ। महामारी रोकथामको कार्य र अमेरिकी जनताको स्वास्थ्यमा ध्यान दिने कस्ले?

जानकारी तथा लेखहरु