फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी रोकथाममा चिनियाँ अनुभव विश्वका लागि अनुकरणीय

(GMT+08:00) 2020-03-07 17:26:16
मार्च ५ तारिख जेनेभामा आयोजित कोभिड-१९ महामारी सम्बन्धी पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक र वैज्ञानिकहरूले बोल्दै महामारी रोकथाम गर्न राजनीतिक प्रणालीको श्रेष्ठता र सबै चिनियाँहरू रोकथाममा सहभागी बनेको कुरा औंल्याएका छन्। साथै महामारी रोकथाम गर्न चीनको अनुभव विश्वले सिक्नुपर्ने कुरा पनि उनीहरूले व्यक्त गरेका छन्।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयससले भन्नुभयो,"हामीले पैचिङमा पुगेपछि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विषेश गरी महामारी रोकथाम कार्यलाई निर्देशन दिनुभएको देख्यौं। महामारी रोकथाम गर्नका लागि मुलुकका प्रमुख र सरकारको सर्वोच्च व्यवस्थापकीय संस्थाले सम्पूर्ण विभागहरूलाई निर्देशन गर्ने हो भने रोगको नियन्त्रणका लागि अति प्रभावकारी हुनसक्छ।"

विश्व स्वास्थ्य संगठनको महत्वपूर्ण मामिला निर्देशक माइकल जे राइनले भन्नुभयो,"चीनबाट सिक्ने कुरा भनेको सबै चिनियाँहरूले महामारीपछि आत्म-रक्षा तथा परिवारको सुरक्षा उपायबारे थाहा पाएको र माहामारी रोकथाम गर्ने सामूहिक सक्रियता र सहभागिताजस्ता कुरा हुनसक्छन।"

जानकारी तथा लेखहरु