फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन विरोधी राजनीतिज्ञहरूले रोगको जिम्मेवारी लिन चीनमाथि दिएको दवावलाई अन्तर्राष्ट्रिय समाजद्वारा अस्वीकार

(GMT+08:00) 2020-03-07 20:49:00
हाल एनसीपी रोग सारा विश्वमा फैलिंदै आएको सिलसिलामा "सूचना भाइरस" र "राजनीतिक भाइरस"ले पनि मौका छोपेर कठिनाई मच्चाउन खोजिरहेका छन्। पश्चिमा जगतका केही चीन विरोधी शक्तिले चीनको निवारण र नियन्त्रण कदम कमजोर भएकाले भाइरसलाई अन्य मुलुकतर्फ फैलावट गराएको भन्नेजस्तो नक्कली भनाई अघि सारेका छन्। अमेरिकी विदेश मन्त्री माइक पम्पेओले चीनले उपलब्ध गराएको तथ्यांक अपूर्ण भएकाले अमेरिकाको रोग निवारण कार्यलाई गाह्रो बनाएको भन्दै विचार बंग्याएका छन्। ती पश्चिमा राजनीतिज्ञहरूले अमेरिकाको सट्टा रोगको जिम्मेवारी लिन चीनलाई दबाव दिन खोजेका छन्।

तर वास्तवमा चीनको रोग निवारण र नियन्त्रण कार्य कस्तो छ? अन्तर्राष्ट्रिय समाजले अघि नै सकारात्मक मूल्याङ्कन गरिसकेको विषय हो।

एउटा ठूलो जिम्मेवार मुलुकको हैसियतले चीनले निरन्तर रुपमा राम्रोसँग आफ्नो देशको रोग निवारण र नियन्त्रण कार्य गर्नुका साथै त्यस सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई पनि गहन पार्दै जानेछ।

जानकारी तथा लेखहरु