फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङको नेतृत्वमा चीनले रोगको प्रतिरोध गर्ने लडाईं आशावादी

(GMT+08:00) 2020-03-07 20:50:44
हाल एनसीपी रोग विश्वमा फैलिए तापनि चीनमा उत्पन्न खबर निकै आशावादी देखिन्छ। नयाँ थपिएको संक्रमितको संख्या र मृत्यु भएको संख्या दुवै नै तीव्र गतिले घट्नुका साथै आर्थिक र सामाजिक जीवन पनि क्रमश: सामान्य बन्दै जानेछ।

चीनका लागि त्यो आकस्मिक र अभूतपूर्व कठिन लडाईं नै हो। बितेको १ महिनाभन्दा लामो समययता चीनका सर्वोच्च नेता सी चिनफिङ स्वयमले निर्देशन दिएर तैनाथी गर्नुका साथै त्यस जटिल र कठिन जनयुद्धको नेतृत्व गर्दै आउनुभएको छ।

रोग देखा परेयता सी चिनफिङले धेरै पटक गरी महत्वपूर्ण सम्मेलन बोलाएर रोग निवारण र नियन्त्रणको सम्पूर्ण रुपमा बन्दोबस्त मिलाउनुभयो। उहाँले धेरै पटकगरी आधारभूत तहको प्रतिरोध र नियन्त्रण स्थल तथा वैज्ञानिक अनुसन्धान एकाई पुगेर निष्ठापूर्वक छानविन र सर्वेक्षण गर्नुभएको छ।

रोग निवारण र नियन्त्रण गर्ने हरेक महत्वपूर्ण अङ्ग र विषयमा उहाँले निकै निश्चित निर्देशन पनि दिनुभएको छ। हाल उहाँको नेतृत्वमा रहेको एनसीपीको प्रतिरोध गर्ने जनयुद्ध निकै आशावादी रहिरहेको देखिन्छ।

जानकारी तथा लेखहरु