फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा रहेको जनयुद्धले वसन्त ऋतुको स्वागत

(GMT+08:00) 2020-03-07 21:19:36

"यस पटकको एनसीपी रोग नयाँ चीन स्थापनायता हाम्रो देशमा उत्पन्न भएको फैलावट गति सबभन्दा तीव्र, संक्रमण परिधि सबभन्दा ठूलो र प्रतिरोध तथा नियन्त्रण सबभन्दा गाह्रो भएको एउटा आकस्मिक विनाशकारी सार्वजनिक स्वास्थ्य घटना हो। हाम्रो लागि त्यो एक संकट हुनुका साथै एउटा ठूलो परीक्षा पनि हो।" हाल चीनका १ लाख ७० हजारभन्दा बढी सरकारी कर्मचारीहरूसँग प्रत्यक्ष रुपमा आयोजना गरिएको टेलिभिजन र टेलिफोन सम्मेलनमा चीनका सर्वोच्च नेता सी चिनफिङले उक्त कुरा औँल्याउनुभएको हो।

बितेको १ महिनाभन्दा लामो समयमा सी चिनफिङ स्वयंले निर्देशन दिएर तैनाथी गरी जनताको जीवनरक्षा र शारीरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आउनुभएको छ। उहाँले चीनको व्यवस्था श्रेष्ठताको सदुपयोग गर्दै समस्त चिनियाँ जनताको नेतृत्व गरेर यो विशेषतायुक्त संघर्ष गर्नुभएको छ।

मार्च महिना लागेपछि वसन्त ऋतुको पाइला झन् झन् नजिकै हुँदै आएको देखिन्छ। रोग निवारण र नियन्त्रण गर्ने सकारात्मक प्रगति बढ्दै आएको सिलसिलामा अन्तिम विजय प्राप्त गर्ने दिन त्यति टाढा हुने छैन।

जानकारी तथा लेखहरु