फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकका लागि चीनको प्रकोप प्रतिरोध अनुभव अनुकरणीय

(GMT+08:00) 2020-03-08 17:43:09
विश्वको आधिकारिक मानिने जर्नल 'लान्सेट'ले मार्च ६ तारिख सार्वजनिक गरेको सम्पादकीय लेखमा चीन सरकारले कोभिड-१९ महामारी विरूद्ध सार्वजनिक स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेर हजारौं मानिसहरूलाई उपचार गरेको लेखिएको छ। साथै चीनको अनुभव विश्वका विभिन्न मुलुकहरूले सिक्नुपर्ने सुझाव पनि उक्त लेखमा दिइएको छ।

चीन-विश्व स्वास्थ्य संगठनको कोभिड-१९ अनुसन्धान संयुक्त विज्ञान कार्यटोलीले सार्वजनिक प्रस्तावबाट चीनले यस महामारीमा सार्वजनिक स्वास्थ्यको बलियो तथा प्रभावकारी कदम अपनाएको देखिन्छ। यसैले अरू बढी व्यक्तिहरू सो प्रकोपबाट संक्रमित वा मृत हुनसक्ने अवस्थालाई रोकथाम गरिसकेको छ। सो महामारी रोकथाम गर्नका लागि स्वदेशका तत्कालीन प्रतिक्रियाको सर्वोच्च प्रशासन सञ्चालन गर्नुपर्ने सुझाव पनि सबै मुलुकहरूलाई दिइएको छ।

चीन-विश्व स्वास्थ्य संगठन कोभिड-१९ अनुसन्धान संयुक्त विज्ञान कार्यटोलीले फेब्रुअरीको मध्यसम्म चीनको हु पै प्रान्त, क्वाङ तुङ प्रान्त र पैचिङ शहरसमेतका क्षेत्रहरूमा पुगेर ९ दिने अनुसन्धान तथा सर्वेक्षण कार्य गरेको थियो।

जानकारी तथा लेखहरु