फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीमा गरिबहरूको दैनिक जीवन प्रत्याभूति

(GMT+08:00) 2020-03-08 17:44:07
मार्च ६ तारिख चीनमा कोभिड-१९ महामारी रोगथाम केन्द्रिय नेतृत्व कार्य टोलीले महामारीको अवधिमा गरिबहरूको दैनिक जीवनको प्रत्याभूति दिनुपर्ने आदेश दिएको छ।

घोषणा अनुसार, महामारीमा गरिबको दैनिक आवश्यकताको प्रत्याभूति दिनका लागि विभिन्न खालको सहायता रकम र सामाजिक कल्याण उपलब्ध गराउनुपर्छ। महामारीबाट प्रभावित भएका कारण काम, व्यापार नगरेको वा रोजगार नपाएको तथा पैसा नकमाएकोले दैनिक जीवन अति प्रभावित भएका नागरिकलाई समाजिक आधारभूत प्रत्याभूति परियोजनामा समावेश गर्नुपर्छ। गरिबी उन्मूलनको कदमका अनुसार संक्रमित भएको कारणले दैनिक जीवन अति प्रभावित परिवारलाई छिटो उद्धार व्यवस्था दिनुपर्छ। विशेष गरी मृत्युभएकाको परिवारलाई उद्धार गर्ने अरू बढी शक्ति थप दिनुपर्छ।

यातायात नियन्त्रणको कारणले बाहिरबाट आएकाहरूलाई तत्कालीन बसोबासलाई सकेसम्म उपलब्ध गराउनुपर्ने विषय सो घोषणामा जोड दिइएको छ।

जानकारी तथा लेखहरु