फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा विश्व स्वास्थ्य संगठनलाई २ करोड अमेरिकी डलर सहायता

(GMT+08:00) 2020-03-08 17:44:50
कोभिड – १९ रोकथाम गर्नका लागि चीन सरकारले विश्व स्वास्थ्य संगठनलाई २ करोड अमेरिकी डलर योगदान गर्ने निर्णय गरेको समाचार छ।

महामारी देखापरेयता महानिर्देशक टेड्रोस अढानोम घ्रेब्रेयससको नेतृत्वमा विश्व स्वास्थ्य संगठनद्वारा महामारीको प्रतिरोध र प्राविधिक विज्ञानमार्फत रोकथाम गर्ने सोचले अन्तर्राष्ट्रिय समाजको प्रशंसा हासिल गरेको छ। साथै प्रभावित मुलुकको रोकथाम क्षमता बलियो बनाएर सहयोग दिएको कुरा पनि उल्लेखनीय कार्य मानिन्छ। विश्व स्वास्थ्य संगठनले चीनलाई दिएको समर्थनप्रति पनि चीन सरकारले प्रशंसा गरेको छ।

भाइरस कुनै मुलुकका लागि फरक नहुने भएकाले आपसी सहयोग महत्वपूर्ण छ। विभिन्न मुलुकसँग मिलेर क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्यको संरक्षण गर्नका लागि चीनले योगदान गर्ने साथै साझा मानव भाग्य समुदायको निर्माणलाई अघि बढाउने निर्णय गरेको छ।

जानकारी तथा लेखहरु