फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा एनसीपी संक्रमितको संख्या १ लाखभन्दा बढी

(GMT+08:00) 2020-03-08 17:46:39
 

विश्व स्वास्थ्य संगठनले ७ तारिख एउटा वक्तव्य जारी गर्दै हाल विश्वभर निश्चित गरिएका एनसीपी संक्रमितको कूल संख्या १ लाखभन्दा बढी नाघेकाले रोग फैलन नदिनका लागि सबै मुलुकले सशक्त प्रतिरोध र नियन्त्रणका कदम चाल्नुपर्ने कुरा जनाएको छ।

उक्त वक्तव्यमा भनिएको छ: चीन र अन्य मुलुकका अनुभवबाट के प्रमाणित गरिएको छ भने केही सामान्य र आवश्यक कदम चालेर भाइरसको संक्रमणलाई शिथिल पार्न र रोगको प्रभावलाई घटाउन सकिने छ।

आगामी दिनहरूमा विश्व स्वास्थ्य संगठनले निरन्तर रुपमा सबै मुलुक, सहयोगात्मक साझेदार र विशेषज्ञहरूसँग नेटवर्कमार्फत सहकार्य गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिक्रियाको समन्वय गर्ने, निर्देशक योजना तर्जुमा गर्ने, सामग्री वितरण गर्ने, सम्बद्ध विज्ञानको उपभोग गर्ने र मानिसहरूलाई रोग सम्बन्धी शृंखलावद्ध प्रतिरोधात्मक सूचना प्रदान गर्ने कुरा पनि सो वक्तव्यमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु