फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिला चिकित्साकर्मीद्वारा चीनको मानव अधिकारको विकास र प्रगति

(GMT+08:00) 2020-03-08 19:06:22
"चीनमा महिला चिकित्सा र नर्सहरूले एउटा निकै प्रशंसनीय काम गरिरहेका छन्। उनीहरूले रोगलाई उपचार गर्दा कुनै पनि असहज सोच-विचार गरेका छैनन्। यस विशेषतायुक्त संघर्षमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। इतिहासले उनीहरूको योगदानलाई याद गर्नेछ।"

मार्च ८ तारिख अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा अन्तर्राष्ट्रिय महिला संघका अध्यक्ष निला बायासले रोग निवारण र नियन्त्रणको अग्रपंक्तिमा कार्यरत चिनियाँ महिला चिकित्साकर्मीहरूको यस्तो सकारात्मक मूल्याङ्कन गर्नुभएको हो।

अपूर्ण तथ्याङ्क अनुसार, एनसीपी देखा परेयता हुपैमा रोग निवारण र नियन्त्रणको अग्रपंक्तिमा कार्यरत महिला चिकित्साकर्मीहरूको कूल संख्या १ लाखभन्दा बढी नाघेको छ। चीनका विभिन्न स्थानले हुपैतर्फ पठाएका ४० हजारभन्दा बढी चिकित्साकर्मीहरूमध्ये महिलाकर्मीले ओगटेको अनुपात ६० प्रतिशतभन्दा बढी पुगेको छ। उनीहरू चिनियाँ महिलाको उदाहरण हुनुका साथै चीनको महिला कार्य विकासको साँच्चिकै व्याख्याता पनि हुन्।

के भन्नसकिन्छ भने महिलाको सम्पूर्ण विकास नै एक समाजको सभ्यता प्रगति हुने मापदण्ड हुनुका साथै विश्वका लागि दिगो विकासलाई साकार तुल्याइने एक महत्वपूर्ण लक्ष्य पनि हो। चीनले वास्तविक गतिविधिमार्फत विश्व महिला कार्यको विकास र प्रगतिलाई प्रवर्द्धन गर्दै आएको छ।

जानकारी तथा लेखहरु