फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परम्परागत चिनियाँ जडिबुटीद्वारा एनसीपीको प्रतिरोधमा विशेषतायुक्त भूमिका

(GMT+08:00) 2020-03-08 19:07:46

हाल एनसीपीको प्रतिरोध गर्ने प्रक्रियामा परम्परागत चिनियाँ जडिबुटीले पश्चिमा औषधीसँगै मिलेर रोगसँग संघर्ष गरिरहेको छ। जुन चीनको औषधोपचार योजनाको एक महत्वपूर्ण अङ्ग पनि बनेको देखिन्छ।

एनसीपी देखा परेयता चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विभिन्न सम्मेलनमा तैनाथ, अनुसन्धान र निरीक्षण गर्ने क्रममा धेरैपटक गरी चिनियाँ जडिबुटीबारे चर्चा गर्दै चिनियाँ जडिबुटी र पश्चिमी औषधी दुवैलाई प्राथमिकतामा राख्ने, चिनियाँ जडिबुटी र पश्चिमी औषधी दुवैको सदुपयोग गर्ने र चिनियाँ जडिबुटी र पश्चिमी औषधी दुवैलाई राम्रोसँग संयोजन गर्न आग्रह गर्नुभएको छ।

बितेका १ महिनाभन्दा लामो समययता चिनियाँ जडिबुटी संस्थाले गम्भीर रोगप्रभावित हुपैका विभिन्न स्थानतर्फ अघिपछि गरी लगभग ५ हजार जनाभन्दा बढी चिकित्साकर्मी पठाएको छ। ती कर्मचारीहरूले विभिन्न स्थानमा गएर औषधोपचार कार्यमा सक्रियताका साथ भाग लिएका छन्। प्राप्त तथ्याङ्क अनुसार, हुपै क्षेत्रका संक्रमितहरूको उपचार गर्ने सन्दर्भमा चिनियाँ जडिबुटीको संलग्न दर ७५ प्रतिशतभन्दा बढी पुगेको छ भने अन्य क्षेत्रको उपचारमा त्यस संलग्न दर ९० प्रतिशतभन्दा बढी पुगेको छ।

चिनियाँ जडिबुटीले रोगको प्रतिरोध गर्ने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुको मुख्य कारण हजारौं वर्षसम्म कायम राखिएको चिनियाँ परम्परागत चिकित्साको सिद्धान्त र त्यसलाई व्यवहारमा उतारिएको प्रतिफलद्वारा सशक्त समर्थन हो।

जानकारी तथा लेखहरु