फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मार्च ८ तारिखमा मुख्य भूमि चीनमा थप ४० जनामा कोभिड-१९ संक्रमण

(GMT+08:00) 2020-03-09 17:10:13

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार, मार्च ७ तारिख मध्यराति देखि ८ तारिख मध्य रातिसम्म चीनको मुख्य भूमिमा थप ४० जना कोभिड-१९ लागेको निश्चित भएको छ। संक्रमितमध्ये सो समयमा थप २२ जनाको मृत्यु भएको छ। साथै थप ६० जनामाथि संक्रमण भएको आशंका गरिएको छ। सो समयमा थप १५३५ निको भएका छन्।

मार्च ८ तारिखसम्म चीनको मुख्य भूमिमा ८० हजार ७ सय ३५ जनालाई कोभिड-१९ लागेको निश्चित भएको छ भने हाल ४२१ जनामाथि संक्रमण भएको आशंका गरिएको छ। सोही अवधिमा थप चार जना विदेशबाट आएका व्यक्तिमा कोभिड १९ संक्रमण भएको निश्चित भएको छ भने ८ तारिख मध्य रातिसम्ममा विदेशबाट आएका निश्चित संक्रमितहरुको संख्या ६७ पुगेको छ।

यसबाहेक आठ तारिखसम्म हडकड विशेष प्रशासनिक क्षेत्रमा ११४ जना, मकाउ विशेष प्रशासन क्षेत्रमा १० जना र थाइवान क्षेत्रमा ४५ जनामा संक्रमण भएर १६९ जना निश्चित संक्रमित रहेको प्रतिवेदनमा उल्लेख छ।

जानकारी तथा लेखहरु