फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मास्क तथा त्यसको कच्चा पदार्थ निर्यातमा नियन्त्रण नगरेको चीनको स्पष्टोक्ति

(GMT+08:00) 2020-03-09 18:37:12

चीनका परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले कठिन तथा चुनौतिको सामना गर्दा छिमेकीबीच मिलेर सहायता दिनुपर्छ भन्दै चीनले मास्क तथा त्यसको कच्चा पदार्थ निर्यातको नियन्त्रण नगरेको बताउनु भएको छ।

यसअघि केही विदेशी मिडियाले महामारीको कारणले चीनले मास्क तथा मास्कको कच्चा पदार्थको निर्यात नियन्त्रण गरेको समाचार सम्प्रेषण गरेका थिए। त्यसको प्रतिकृया दिँदै मार्च ९ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो। महामारीको रोकथाम तथा नियन्त्रण गरेसँगै विभिन्न व्यवसायको पुनःसुरू भएको कारणले चीनको मास्कको आन्तरिक चाहना मात्रा अझै ठूलो र आपूर्ति थोरै रहेको बताउँदै हाल विभिन्न मुलुकले चीनबाट मास्क खरिद गर्ने केही समस्या रहेको प्रवक्ता कङले जानकारी दिनुभयो। चीनले आफ्नो कठिन परिस्थितिलाई जितेर सम्बन्धित मुलुकलाई मास्कलगायत स्वास्थ्य सामग्री प्रदान गरी सबैसँग मिलेर महामारीलाई पराजित गर्ने इच्छा लिएको उहाँले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु