फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मार्च ९ तारिखमा मुख्य भूमि चीनमा थप १९ जना कोभिड-१९ संकमण

(GMT+08:00) 2020-03-10 15:54:41

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार, मार्च ८ तारिख मध्यराति देखि ९ तारिख मध्य रातिसम्म चीनको मुख्य भूमिमा थप १९ जना कोभिड-१९ लागेको निश्चित भएको छ। संक्रमितमध्ये सो समयमा थप १७ जनाको मृत्यु भएको छ। साथै थप ३६ जनामाथि संक्रमण भएको आशंका गरिएको छ। सो समयमा थप १२९७ निको भएका छन्।

मार्च ९ तारिखसम्म चीनको मुख्य भूमिमा ८० हजार ७ सय ५४ जनालाई कोभिड-१९ लागेको निश्चित भएको छ भने हाल ३४९ जनामाथि संक्रमण भएको आशंका गरिएको छ। निको भएको संखया जम्मा गरी ५९ हजार ८ सय ९७ पुगेको छ भने मृत्यु भएको संख्या जम्मा गरी ३ हजार १ सय ३६ पुगेको छ। चिकित्सा अवलोकनमा रहेको घनिष्ट सम्पर्क भएको संख्या १६ हजार ९ सय ८२ पुगेको छ। सोही अवधिमा थप २ जना विदेशबाट आएका व्यक्तिमा कोभिड १९ संक्रमण भएको निश्चित भएको छ भने ९ तारिख मध्य रातिसम्ममा विदेशबाट आएका निश्चित संक्रमितहरुको संख्या ६९ पुगेको छ।

यसबाहेक ९ तारिखसम्म हडकड विशेष प्रशासनिक क्षेत्रमा ११५ जना, मकाउ विशेष प्रशासन क्षेत्रमा १० जना र थाइवान क्षेत्रमा ४५ जनामा संक्रमण भएर १७० जना निश्चित संक्रमित रहेको प्रतिवेदनमा उल्लेख छ।

जानकारी तथा लेखहरु