फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपालका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-03-10 17:06:46

मार्च नौ तारिख चीनको राज्य परिषद सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले नेपालका विदेशमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सो अवसरमा वाङ यीले महामारी भएपछि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टा छुट्टै राष्ट्राध्यक्ष सी चिन फिङलाई संवेदना सन्देश पठाउनुभएको र चीनको महामारी सबभन्दा गम्भीर हुँदा नेपालले चीनलाई चिकित्सा मास्क अनुदान गरेर सगरमाथा पारको चीन-नेपाल परम्परागत मित्रता देखाएको विचार व्यक्त गर्नुभयो। राष्ट्राध्यक्ष सी चिन फिङको निर्देशनमा सबै चिनियाँले मिलेर महामारी नियन्त्रण गर्दै महत्वपूर्ण प्रगति पाएको वाङ यीले जानकारी दिनुभयो। मानव भाग्य समुदायको विचारको आधारमा चिनियाँ तथा विश्वका समस्त जनताको स्वास्थ्यलाई चीनले जिम्मा लिनुका साथै विश्व सार्वजनिक स्वास्थ्यका लागि पनि योगदान गरेको नेता वाङले बताउनुभयो।

नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्राध्यक्ष सी चिन फिङको निर्देशनमा चीनको कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणको स्पष्ट उपलब्धि हासिल भएकोमा नेपाल खुशी भएको बताउनुभयो। छिमेकी मित्रताको रूपमा रहेको नेपालले चीनको साथमा उभिएर चीन सरकार तथा जनतालाई अरू समर्थन दिने ज्ञवालीले औँल्याउनुभयो। उहाँले नेपालले चीनसँग मिलेर राष्ट्राध्यक्ष सीको नेपाल भ्रमण उपलब्धिलाई राम्रोसित व्यवहारमा उतार्ने इच्छा लिएको पनि उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु