फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९ नियन्त्रण गर्नसकिने ठूलो महामारी बन्ने सम्भावना

(GMT+08:00) 2020-03-10 18:13:58

हाल कोभिड १९ विश्वका १००भन्दा बढी मुलुक तथा क्षेत्रमा फैलिँदै गएको छ भने संक्रमित बिरामीको संख्या एक लाखभन्दा बढी पुगेको छ। कोभिड १९ संक्रमित निमोनिया ठूलो महामारी बन्ने धम्की रहेको छ। तापनि उक्त रोग इतिहासमा पहिलो नियन्त्रण गर्न सकिने महामारी बन्ने छ। विश्व स्वस्थ संगठनका महाप्रबन्धक टेद्रोस अधनोम घेब्रेयेसुसले मार्च ९ तारिख जेनेभामा आयोजित कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार सरकार,व्यवसाय,आवास क्षेत्र,परिवार र व्यक्तिद्वारा गरिने गतिविधि तथा निर्णयले यस महामारी अवस्थाको विकासमा प्रभाव पार्ने छ। छिटोभन्दा छिटो रुपमा प्रारम्भिक अवधिमा गतिविधि गराएकोबाट उक्त भाइरसको प्रसार गतिलाई ढिलो बनाउँदै संक्रमणको प्रतिरोध गर्न सकिन्छ। वास्तविक प्रमाणबाट अधिकांश संक्रमित बिरामीको सफल उपचार हुनसक्छ। चीनमा ८० हजारभन्दा बढी बिरामीमध्ये ७० प्रतिशतभन्दा बढीले अस्पताल सफल उपचार पाएका छन्। उहाँले विभिन्न मुलुकले सकेको प्रयासमा यस महामारी विरुद्धको युद्धलाई पराजित गर्न आव्हान पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु