फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९ रोकथाममा अमेरिका आफ्नै विवादमा अलमलिँदै

(GMT+08:00) 2020-03-10 19:45:48

कोभिड १९ फैलिएदेखि यता चीन र अमेरिका दुई ठूला मुलुकले महामारीको रोकथाम तथा प्रतिरोधका लागि विभिन्न धारणा तथा गतिविधि राखेको देखिन्छ। कठिन प्रयासमार्फत चीनले केवल एक महिनामै शक्तिशाली रुपमा यस महामारीको नियन्त्रण गरेको छ। सम्बन्धित तथ्याङ्कअनुसार मार्च नौ तारिख ऊहानमा नयाँ थप बिरामीको संख्या पहिलो पटक २० भन्दा कम पुगेको छ। ऊहानबाहेक हु पै प्रान्तका अन्य क्षेत्रमा लगातार पाँच दिनमा नयाँ थप बिरामी भेटिएका छैनन्। हु पै प्रान्तबाहेक लगातार तीन दिनमा नयाँ थप बिरामी छैनन्। विश्व स्वस्थ संगठनले हिजै चीनको महामारी अवस्था सम्पन्न भैरहेको भनेर सम्बोधन गरेको छ।

तापनि अमेरिकामा नयाँ कोरोना भाइसर संक्रमित जनसंख्या लगातार बढ्दै गएको छ। अमेरिकाको पूर्वी क्षेत्रमा मार्च ९ तारिख अपरान्ह सात बजेसम्म अमेरिकाका ३० भन्दा बढी राज्यमा सम्बद्ध संक्रमित बिरामी देखिएका छन्। दश राज्यले आपतकालीन अवस्थामा प्रवेश गरेको बताइएको छ। विश्वमा सबैभन्दा विकसित चिकित्सा स्तर रहेको अमेरिकामा यस्तो महामारीको रोकथाम तथा प्रतिरोध अवस्था देखिएको थिएन। दस दिन अगाडि अमेरिकी सरकारले यस महामारीका लागि ढिलो र नकारात्मक धारणा लिएको थियो। अमेरिकाका भूतपूर्व एशिया प्रशान्त मामिला सहायक परराष्ट्र मन्त्री कुर्त काम्पबेलले चीनको रोकथाम तथा प्रतिरोध कदमले अमेरिकाका लागि धेरै समय सिर्जना गरेता पनि अमेरिकाले यो समयको प्रयोग नगरेको विचार व्यक्त गर्नुभएको थियो। अमेरिकी सरकारले यस महामारी विरुद्ध युद्धमा ढिलो पाइला चाल्नुका साथै अमेरिकाका दुई पार्टीले हाल महामारीको रोकथाम तथा प्रतिरोधमा पूँजी लगाउनेमा विवाद सिर्जना गरेका छन्। अमेरिकी राजनीतिक चौतारोमा देखिएको संस्थागत विरोधाभासले यस महामारी विरुद्ध युद्धमा गम्भीर बाधा सिर्जना गरेको छ। केही समयअघि चीनको निन्दा गर्ने पश्चिमी सञ्चार माध्यमले अमेरिकी सरकारको कर्तुतको आलोचना गर्न थालेका छन्।

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धकका उच्च सल्लाहकार ब्रुस अयालवार्डले चीनको नौ दिने निरीक्षण गरेपछि सञ्चार माध्यमलाई जानकारी दिनुभएअनुसार चीनमा सबैभन्दा धेरै सनिने"जनता बचाउनु"हो भने यो चीनको संस्थागत श्रेष्ठतामा सबैभन्दा शक्तिशाली प्रवर्द्धन शक्ति हो।

जानकारी तथा लेखहरु