फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ हुपैको निरीक्षणमा

(GMT+08:00) 2020-03-10 20:12:38

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले मार्च दश तिरख हुपै प्रान्तीय उहान शहरमा महामारी रोकथाम तथा नियन्त्रण कार्यको निरीक्षण गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले हुपै र उहान यसै महामारी विरूद्ध युद्धको केन्द्र हो भन्दै कडा परिश्रमपछि हुपै र उहानको महामारी नियन्त्रण स्थिति सक्रिय परिवर्तन प्रवृति देखिएर चरणबद्ध महत्वपूर्ण उपलब्धि प्राप्त भएको तर पनि महामारी रोकथाम तथा नियन्त्रण कार्य अझै भारी रहेको विचार व्यक्त गर्नुभयो। यस्तो अवस्थमा अझै त्यसलाई प्राथमिकतामा राखेर नियन्त्रणका विभिन्न ठोस कार्यलाई व्यवहारमा उतार्नुपर्छ भन्दै हुपै र उहानको संरक्षण युद्धको दृढरूपमा जित गर्नुपर्ने उहाँले दोहोर्‍याउनुभयो।

राष्ट्राध्यक्ष सीले होशनशान अस्पताल र तुङहुसिनछङ बसोबास कम्युनिटिको निरीक्षण गरी हुपै प्रान्तीय पार्टी समिति तथा सरकारबाट महामारी रोकथाम तथा नियन्त्रणको प्रतिवेदन सुन्नुभयो। उहाँले चिकित्सक उपचार कार्यलाई प्राथमिकतामा राखेर सकेसम्म सफल उपचार दरलाई बढाएर मृत्यु दरलाई घटाउनुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु