फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मार्च १० तारिखमा मुख्य भूमि चीनमा थप २४ जना कोभिड-१९ बाट संक्रमित

(GMT+08:00) 2020-03-11 17:05:34
 चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार, मार्च ९ तारिख मध्यराति देखि १० तारिख मध्य रातिसम्म चीनको मुख्य भूमिमा थप २४ जना कोभिड-१९ लागेको निश्चित भएको छ। संक्रमितमध्ये सो समयमा थप २२ जनाको मृत्यु भएको छ। साथै थप ३१ जनामाथि संक्रमण भएको आशंका गरिएको छ। सो समयमा थप १५७८ निको भएका छन्।

मार्च १० तारिखसम्म चीनको मुख्य भूमिमा ८० हजार ७ सय ७८ जनालाई कोभिड-१९ लागेको निश्चित भएको छ भने हाल २८५ जनामाथि संक्रमण भएको आशंका गरिएको छ। निको भएको संख्या ६१ हजार ४ सय ७५ पुगेको छ भने मृत्यु भएको संख्या ३ हजार १ सय ५८ पुगेको छ। चिकित्सा अवलोकनमा रहेको घनिष्ट सम्पर्क भएका व्यक्तिको संख्या १४ हजार ६ सय ७ पुगेको छ। सोही अवधिमा थप १० जना विदेशबाट आएका व्यक्तिमा कोभिड १९ संक्रमण भएको निश्चित भएको छ भने १० तारिख मध्य रातिसम्ममा विदेशबाट आएका निश्चित संक्रमितहरुको संख्या ७९ पुगेको छ।

यसबाहेक १० तारिखसम्म हडकड विशेष प्रशासनिक क्षेत्रमा १२० जना, मकाउ विशेष प्रशासन क्षेत्रमा १० जना र थाइवान क्षेत्रमा ४७ जनामा संक्रमण भएर १७७ जना निश्चित संक्रमित रहेको उल्लेख छ।

जानकारी तथा लेखहरु