फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९ मा चीनको अनुभव महत्वपूर्ण रहेको डब्लुएचओको भनाइ

(GMT+08:00) 2020-03-11 17:05:58

मार्च दश तारिख चीन र विश्व स्वास्थ्य संगठनले उद्धार सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरेका छन्। सो सम्झौता अनुसार चीन सरकारले विश्व स्वास्थ्य संगठनलाई दुई करोड अमेरिकी डलर बराबरको सहयोग सम्बन्धित मुलुकको मुद्रा सटहीमा सहयोग प्रदान गरी चिकित्सक तथा स्वास्थ्य प्रणाली कमजोर भएका मुलुकलाई कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने जनाइएको छ।

सम्झौतामा हस्ताक्षर भएपछि महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेसुसले विश्वसमक्ष महामारी देखा परेको महत्वपूर्ण अवस्थामा चीनले आफ्नै ठूलो कठिन जितेर अरू विकासोन्मुख मुलुकलाई सहायक गरेकोप्रति उच्च प्रशंसा गर्नुभयो। उहाँले सीएमजीका पत्रकारसँग कुरकानी गर्दै यस्तो नयाँ ढाँचाका अज्ञात भाइरसको सामना गर्दा चीनको अनुभव महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो। चीनको महामारी अवस्था वृहत स्तरको देखिएसँगै भाइरसको फैलावको नियन्त्रण हुँदैछ साथै भ्याक्सिन पनि अनुसन्धानमा रहेको उहाँले बताउनुभयो। यी सबै उपलब्धि चीन सरकारको नेतृत्व र समस्त चीनका जनताको सहयोगमा पाइएको उहाँले औँल्याउनुभयो। उहाँले सरकारको दृढ इच्छा, सर्वसाधारणको स्वयं व्यवस्थापन तथा बलियो सहयोगलगायत निकै महत्वपूर्ण रहेको भन्दै यदि अरू मुलुकले पनि यसो गरेमा महामारीको नियन्त्रण गर्ने सम्भव रहने विचार प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु