फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अन्तर्राष्ट्रिय समाजसँग सहयोग गर्दै महामारीको प्रतिरोध गर्दै जाने

(GMT+08:00) 2020-03-11 18:34:56

चिनियाँहरुको एकताबद्ध कठिन प्रयासमा वर्तमान चीनको महामारीको रोकथाम तथा प्रतिरोधमा सकारात्मक अवस्थाको महत्वपूर्ण उपलब्धि प्राप्त हुन थालेको छ। यसका साथै नयाँ कोरोना भाइरस विश्वव्यापी क्षेत्रमा फैलिँदै गएको छ। चीनले आफ्नो मुलुकको महामारीको रोकथाम तथा प्रतिरोधलाई निरन्तर जोड दिँदै विश्वको महामारी विरुद्ध युद्धका लागि योगदान सिर्जना गर्दै जाने इच्छा लिएको छ। मार्च ११ तारिख परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको छ। उहाँका अनुसार चीनले निरन्तर रुपमा अन्तर्राष्ट्रिय समाजसँग खुला तथा स्पष्ट सूचनाको शेयर गर्दै विश्वव्यापी संयुक्त रोकथाम तथा प्रतिरोधलाई प्रवर्द्धन गर्दै जानेछ। साथै चीनले चाहना गरेको मुलुक तथा क्षेत्रलाई चिकित्सा विशेषज्ञ टोली पठाउने छ। हालसम्म चिनियाँ रेड क्रसले इरान,इराकलाई विशेषज्ञ टोली पठाउँदै स्थानीय महामारी रोकथाम तथा प्रतिरोध कामका लागि सहायता प्रदान गरेको छ। चीन सरकारले विश्व स्वस्थ संगठनलाई पनि दुई करोड अमेरिकी डलर प्रदान गर्नुका साथै सम्बन्धित मुलुकलाई मास्क,औषधि आदि सामग्री प्रदान गरेको छ। चीनले महामारी विरुद्ध विश्वव्यापी युद्धलाई पराजित गर्नका लागि अझ द्दढ प्रयास गर्दै जानेछ।

जानकारी तथा लेखहरु