फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीएमजीका पत्रकारको लेख नेपाली पत्रिकामा प्रकाशित

(GMT+08:00) 2020-03-12 16:27:15

चाइना मिडिया ग्रुप सीएमजीको नेपाली विभागकी पत्रकार चु मेई (ललिता) ले कोभिड १९ विरुद्धको संघर्षमा विश्व एकजुट हुने सन्देश सहितको लेख नेपाली पत्रिकामा प्रकाशन गर्नु भएको छ। मार्च १२ तारिख बिहीबार काठमाडौँबाट प्रकाशन हुने नागरिक दैनिकमा 'कोरोना विरुद्ध हातेमालो गरौँ' शीर्षकमा चुले सात रङ मिलेर इन्द्रेनी बनेजस्तै सबैले एक भएर वर्तमान संकटको सामना गर्नुपर्ने उल्लेख गर्नु भएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले व्यक्त गर्नु भएको भनाइ 'इतिहासमा चीनले धेरै कठिनाइ भोगेको छ। तर कुनै पनि कठिनाइले चीनलाई परास्त गर्न सकेका छैनन्। बरु चिनियाँले कठिनाइ चिर्दै इतिहास सिर्जना गरेका छन्।'लाई उल्लेख गर्दै पत्रकार चु मेइले चीनमा व्याप्त महामारीको रोकथाम तथा नियन्त्रण अभियानले क्रमशः राम्रो उपलब्धि हासिल गरिरहेको लेख्नु भएको छ।

चीनको नक्सामा कोभिड १९ को संक्रमणलाई संकेत स्वरुप देखाएको उदाहरणबाट यतिबेला सबै चिनियाँले सेतो रङ रुचाएको औँल्याउँदै कोरोना नियन्त्रणको अग्रभागमा खटेका सेतोपोशाक लगाएका स्वास्थ्यकर्मीलाई चीनमा सेतो लुगा लगाएका भगवान मानिएको उल्लेख गर्नु भएको छ। उहाँले सेतो रङलाई शान्ति र भातृत्व जनाउने रङ भन्दै यसले मान्छेलाई आशा र प्रेरणा भर्ने काम गरेको बताउनु भएको छ। ।

कोरोना भाइरससँग धेरै डराउनु नपर्ने र यो मानव जातिका लागि एउटा परीक्षा भएको बताउँदै अहिलेसम्म जुनसुकै समस्या आइपरे पनि मानव जातिले समाधानको उपाय निकालेको आशावादी दृष्टिकोण आफ्नो लेखमा राख्नु भएको छ। त्यसका लागि सबैले आपसमा समर्थन, सहयोग र सहकार्य गर्दै विश्व मानव समुदाले यस विधिबाट समाधान गर्न नसक्ने समस्या संसारमा केही नरहेको औँल्याउनु भएको छ।

जानकारी तथा लेखहरु