फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फ्लू लागेका व्यक्तिको कोभिड-१९ बाट मृत्यु भएको अमेरिकी सीडीसीद्वारा स्वीकार

(GMT+08:00) 2020-03-12 17:23:12

मार्च ११ तारिख अमेरिकी प्रतिनिधिसभाले कोभिड-१९ सम्बन्धी सुनुवाइको आयोजना गरेको छ। सो अवसरमा केही सांसदले अमेरिकी रोग रोकथाम तथा नियन्त्रण केन्द्र अर्थात सीडीसीका प्रमुख रोबर्ट रेदफील्दलाई हाल अमेरिकामा देखिएका केही फ्लूबाट मृत्यु भएकाहरु वास्तवमा कोभिड-१९बाट मृत्यु भएका हुन् कि होइन भनेर प्रश्न उठाएका छन्। रेडफील्दले हाल अमेरिकामा पहिले फ्लू लागेको निश्चित भएको थियो तर पछि कोभिड-१९बाट मृत्यु भएको अवस्था देखिएको जानकारी दिनुभयो।

अमेरिकी सीबीएसका अनुसार, अमेरिकी सीडीसीले सार्वजनिक गरेको पछिल्लो फ्लू प्रतिवेदनमा हालसम्म यस फ्लू सिजनमा ३ करोड चालीस लाख जनालाई फ्लू लागेका छ भने ३ लाख ५० हजार जना अस्पतालमा उपचार भएका छन् र १३६ जना बालबालिकालगायत २० हजार अमेरिकी फ्लूबाट मृत्यु भएको अनुमान गरिएको छ।

जानकारी तथा लेखहरु