फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९ ले गरिबी निवारणको महाअभियानलाई प्रभाव नपार्ने

(GMT+08:00) 2020-03-12 17:23:33

मार्च १२ तारिख चीनको राज्य परिषद प्रेस कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राज्य परिषदको गरिबी निवारण कार्यालयका प्रमुख लिउ युङ फुले सात वर्षभन्दा लामो समयसम्मको लक्षित गरिबी निवारण अभियानले गाउँ क्षेत्रको गरिबी संख्या ९ करोड ८९ लाख ९० हजारबाट गत वर्षको अन्तमा ५५ लाख १० हजारमा झरेको बताउनुभयो। उहाँले गरिबी जिल्लाको संख्या ८३२ बाट ५२ मा झरेको बताउँदै गरिबी निवारण लक्ष्य नजिक पुगेको जानकारी दिनुभयो।

लिउ युङ फुले गरिबबाट मुक्त ९ करोड ३० लाखभन्दा बढी मानिसमध्ये कोही स्थिर रुपमा मुक्त नभएकाले उनीहरूलाई फेरि गरिब बन्नबाट जोगाउनुपर्ने र केही गरिबको सिमा लाइनमा रहेका मानिसलाई गरिबी अवस्थामा खस्नबाट पनि जोगाउनुपर्ने लिउले दोहोर्‍याउनुभयो।

प्रमुख लिउ युङ फुले कोभिड-१९ महामारी अवस्थाबाट चीनको गरिबी निवारणको मापदण्ड, कार्यतालिका, कार्य र समयमै गरिबी निवारण गर्ने चीनको अठोट र विश्वासलाई कुनै पनि प्रभाव नपर्ने उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु