फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा फैलिएको महामारी विरुद्धको युद्धमा चीन सधैँ रहिरहने

(GMT+08:00) 2020-03-12 19:08:00

"इटलीका सामु चिकित्सा सामग्री र उपकरण अपुग भएको कठिनाई देखापरेकाले चीनले इटलीलाई सहायता प्रदान गर्नसक्ने आशा रहेको छ।"हाल इटलीका विदेशी मन्त्री लुइगी दि माइओले चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीसँगको टेलिफोट वार्तामा उक्त अनुरोध गर्नुभएको छ। महामारी अवस्थासँग सिमा छै‍न भने साथीको कठिनाई नै आफ्नो कठिनाइ हो। यस्तो विचार लिएको चीनले इटलीलाई मास्क आदि चिकित्सा सामग्री प्रदान गर्नुका साथै इटलीका लागि अझ बढी सामग्री र उपकरणको निर्यात गर्ने छ। साथै सात सदस्यीय चिनियाँ रेड क्रेस स्वयम सेवक विशेषज्ञ टोली मार्च ११ तारिख सम्बन्धित उद्धार सामग्री लिएर इटलीतर्फ प्रस्थान गरेको छ।

"युरोपेली संघीय मुलुकको कुनै पनि सदस्यले युरोपेली संघीय समितिको आह्वानलाई कुनै प्रतिक्रिया दिएको छैन। केवल चीनले प्रतिक्रिया दिएको छ।" युरोपेली संघका लागि इटली राजदूत मारिजिओ मासारीले मार्च १० तारिख एक सार्वजनिक लेख प्रकाशित गर्दै उक्त कुरा बताउनुभएको हो। इटली मात्र नभइ विश्वमै कोभिड १९ विरुद्ध युद्धमा चीनले विशाल प्रयास तथा योगदान सिर्जना गर्दछ।

बिगत एक महिनायता कठिन प्रयास पार गरेको चीनले महामारीको रोकथाम तथा प्रतिरोधको चरणबद्ध प्रगति पाउँदै अन्तर्राष्ट्रिय समाजका लागि पहिलो प्रतिरोध लाइन सिर्जना गरेको छ। चीनले विश्व स्वस्थ संगठनसँग खुला तथा स्पष्ट सूचनाको शेयर गर्दै आएको छ। हालसम्म चीनले युरोपेली संघ,आशियान,अफ्रिकी संघ आदि धेरै पक्षसँग भिडियो बैठकको आयोजना गरेको छ। नयाँ कोरोना भाइरस संक्रमित निमोनियाको उपचार तथा प्रतिरोध उपाय धेरै भाषामा अनुवाद गरिएको छ। चीनले विश्व स्वस्थ संगठन र सम्बन्धित मुलुकलाई सहयोग गर्नुका साथै महामारी प्रतिरोध सामग्री र उपकरणको प्रदान गरेको छ।

तर विश्वका केही मुलुकहरुले यस विश्वव्यापी महामारी विरुद्ध युद्धमा बाधा सिर्जना गरिरहेका छन्। उदाहरणका लागि सबैभन्दा विकसित मुलुक अमेरिकाले महामारीको रोकथाम तथा प्रतिरोधको सबैभन्दा राम्रो अवसर त्यागेर विश्व स्वस्थ संगठनका लागि दिइने पूँजी सहयोगलाई न्युनीकर गर्दै विदेशका लागि गरिएको सहयोग बचनबद्धतालाई व्यवहारमा उतारेको छैन। इरानमाथि गराइएको नाकाबन्दी दवावलाई निरन्तर सबल पार्दै अमेरिकाले अन्य कार्य गर्दै आएको छ। अमेरिकाका यी गतिविधिबाट फेरी एक पटक उसको स्वार्थी विचार देखापरेको छ।

महामारी मानव जातिको साझा शत्रु हो। एकताबद्ध भएर सहयोगले जनतालाई बचाउन सक्छ। सारा विश्व महामारी विरुद्ध युद्धमा सधैं नै रहिरहेको चीनले निरन्तर रुपमा आफ्नो योगदान तथा प्रयास सिर्जना गर्दै जानेछ। 

जानकारी तथा लेखहरु