फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड-१९ भएपछि सीद्वारा दक्षिण कोरिया, इरान र इटलीका राष्ट्रपतिलाई संवेदना सन्देश

(GMT+08:00) 2020-03-14 17:09:36

कोभिड-१९ महामारी भएपछि हाल चीनका राष्ट्राध्य सी चिन फिङले इटलीका राष्ट्रपति सेर्गियो मातारेला, इरानका राष्ट्रपति हासान रौहानी र दक्षिण कोरियाका राष्ट्रपति मून जाए इनलाई सान्त्वना सन्देश पठाएर चीन सरकार र जनताको तर्फबाट हार्दिक संवेदना  व्यक्त गर्नुभएको छ।

इटलीका राष्ट्रपति सेर्गियो मातारेलालाई सन्देश पठाउँदै सीले चीन सरकार र जनताले महामारी प्रतिरोध गर्ने इटलीको प्रयासमा समर्थन दिएर सहयोग गर्ने इच्छा लिएको विचार व्यक्त गर्नुभएको छ। सीले मानवजाति भाग्य समुदाय हो भन्दै एकजुट गरी सहयोग गरेर मात्रै विश्वव्यापी देखिने विभिन्न चुनौतिको सामना गर्नसक्ने औँल्याउनुभएको छ। चीन र इटली तथा अन्तर्राष्ट्रिय समूहसँग मिलेको खण्डमा महामारीको छिटै परास्त गर्नसक्ने सीले उल्लेख गर्नुभएको छ।

इरानका राष्ट्रपति हासान रौहानीलाई सन्देश पठाउँदै सीले चीनको महामारी प्रतिरोधमा इरान सरकार र जनताले सच्चा समर्थन र सहयोग दिएको भन्दै इरानको महामारी प्रतिरोधलाई सहयोग गर्न चीनले इरानलाई अनेकौँ महामारी नियन्त्रण सामग्री प्रदान गरी स्वयंसेवक र चिकित्सक विशेषज्ञ दल खटाएको जानकारी दिनुभएको छ। चीनले इरानसँग महामारी सहयोग बढाएर इरानलाई सकेसम्म सहयोग गर्ने इच्छा लिएको छ र इरान सरकार र जनताले यसै महामारी लडाइलाई परास्त गर्नसक्ने विश्वास लिएको सीले व्यक्त गर्नुभएको छ।

दक्षिण कोरियाका राष्ट्रपति मून जाए इनलाई सन्देश पठाउँदै सीले दक्षिण कोरिया सरकार र समाजका विभिन्न क्षेत्रले चीनलाई महामारी नियन्त्रण गर्न धेरै संवेदना र सहयोग दिएका थिए साथै राष्ट्रपति मून जाए इनले चीनको कठिन दक्षिण कोरियाको कठिन नै हो दोहोर्याउनुभएको जानकारी दिनुभएको छ। सीले महामारीसमक्ष देशको सीमा छैन भन्दै विश्व एक भाग्य समुदायमा रहेको उल्लेख गर्नुभएको छ। चीनले सक्दो सहयोग गरी दक्षिण कोरियाको महामारी नियन्त्रणलाई समर्थन दिने सीले बताउनुभएको छ।

जानकारी तथा लेखहरु