फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा विदेशी व्यवसायद्वारा तिब्र गतिमा काम पुनःशुरु

(GMT+08:00) 2020-03-15 16:40:05

विदेशी पूँजी व्यवसायले पुनःकाम र पुनःउत्पादनमा देखेको कठिनाइको समाधान गर्नका लागि चीनका विभिन्न स्थलले सकेसम्म समन्वय गर्दै शृङ्खलाबद्ध कदमले विदेशी व्यवसायद्वारा चीनप्रति लिइएको विश्वासलाई थप मजबुत बनाएको छ।

चीनको वाणिज्य मन्त्रालयका अनुसन्धान विभागका प्रमुख कु मिङ स्वेका अनुसार चीन सरकारले महामारीको रोकथाम तथा प्रतिरोध र उत्पादन तथा जीवनलाई सुव्यवस्थित बनाउने क्षेत्रमा सिर्जना गरेको उच्च प्रभावकारी,पेशागत,द्रुत कार्यबाट विदेशी व्यवसायले चीनको शासन प्रणाली तथा शैलीको श्रेष‍ठतालाई अझ गहिरो अनुभव गर्न सकेका छन्।

वाणिज्य मन्त्रालयको तथ्याङ्कअनुसार गत जनवरी महिनामा पूरै चीनमा नयाँ स्थापना भएका विदेशी पूँजी व्यवसायको संख्या ३ हजार ४ सय ८५ पुगेको छ भने ती व्यवसायमा ८७ अर्ब ५७ करोड चिनियाँ युआनको विदेशी पूँजी लगानी भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढेको छ।

जानकारी तथा लेखहरु