फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा युरोपेली परिषदका अध्यक्ष र युरोपेली आयोगका अध्यक्षलाई सान्त्वना सन्देश

(GMT+08:00) 2020-03-15 16:40:55

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले १३ तेह्र तारिख युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिसेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देर लेयेनलाई संवेदना सन्देश पठाएर हाल युरोप संघ सदस्यमा कोभिड-१९ संक्रमण भएपछि युरोपेली संघ तथा सदस्यीय मुलुकलाई हार्दिक सान्त्वना व्यक्त गर्नुभएको छ।

सी चिन फिङले यसअघि युरोपेली संघ तथा सदस्य मुलुकले विभिन्न किसिमबाट चीनको महामारी नियन्त्रणलाई संवेदना र समर्थन दिएको भन्दै हाल युरोपेली संघलाई सक्रिय सहयोग प्रदान गर्ने इच्छा चीनले लिएको दोहोर्‍याउनुभयो। चीनले मानव जातीय भाग्य समुदायको विचारमा अडिग रहेर युरोपेली संघसँग द्विपक्षीय तथा अन्तर्राष्ट्रिय तहमा समन्वय तथा सहयोग बढाउने इच्छा लिएको पनि सीले बताउनुभयो। चीन-युरोप सम्बन्धको विकासमा आफूले उच्च ध्यान दिनुका साथै युरोपेली संघसँग मिलेर चीन र युरोपेली संघबीचका चार वटा साझेदारी सम्बन्ध र चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई गहन पारी विश्वको शान्ति, स्थिरता र समृद्धका लागि सक्रिय योगदान गर्ने इच्छा आफूले लिएको सी चिन फिङले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु