फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छ्युश पत्रिकामा महामारी विरूद्धसम्बन्धी सीको लेख प्रकाशित

(GMT+08:00) 2020-03-15 16:41:15

मार्च १६ तारिख प्रकाशित हुने छ्युश पत्रिकामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले लेख्नुभएको महामारी लडाइलाई परास्त गर्न बलियो वैज्ञानिक तथा प्राविधिक समर्थन शीर्षकमा महत्वपूर्ण लेख सार्वजनिक हुनेछ।

लेखले विज्ञान तथा प्रविधि नै मानवजातिको रोगसँग लडाइ गर्ने सबभन्दा बलियो हतियार रहेको भन्दै मानव जातिले महामारीमाथि जित हात पार्न विज्ञानको विकास र प्रविधिको नवीन सिर्जना हुनुपर्ने दोहोर्‍याएको छ। लेखमा महामारी रोकथाम तथा नियन्त्रणको वैज्ञानिक अध्ययनलाई विज्ञान तथा प्रविधि क्षेत्रको प्राथमिकता राखेर वैज्ञानिक तथा सुरक्षा आधारमा अनुसन्धान तथा विकासलाई तिब्र पारेर महामारी नियन्त्रणको कठिनको छिटो समाधान गर्नुपर्ने औँल्याउँदै यसरी नै महामारी विरूद्धको लडाइलाई बलियो वैज्ञानिक तथा प्राविधिक समर्थन प्रदान गर्नसक्ने उल्लेख छ।

औषधि, चिकित्सक उपकरणको अनुसन्धान तथा विकास, भ्याक्सिनको अनुसन्धान तथा विकास र औद्योगिकीरण शृङ्खलाको जडान, संक्रमितको स्वास्थ्यलाभ तथा क्वारेन्टाइनमा राखिने सर्वसाधारणको मनोवैज्ञानिक परामर्श कार्य, सामान्य समय र लडाइ समय मिलेको महामारी नियन्त्रण तथा सार्वजनिक स्वास्थ्य अनुसन्धान प्रणालीको सुधार, देशप्रेमी स्वास्थ्य अभियान, महामारी नियन्त्रणको अनुसन्धानको अन्तर्राष्ट्रिय सहयोगलगायत विषयलाई अघि बढाउनुपर्ने कुरामा लेखले जोड दिएको छ।

जानकारी तथा लेखहरु